काठमाडौं (एजेन्सी) । युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग अमेरिका लगायत १८ वटा देशले आग्रह गरेका छन् । विश्वका विभिन्न देशले संयुक्त वक्तव्य निकालेर हमासले दक्षिणी इजरायलबाट बन्धक बनाएका व्यक्तिहरूलाई तत्काल रिहा गर्न आग्रह गरेका हुन् ।
उनीहरूले बन्धकलाई रिहा गर्दा गाजामा तत्काल र लामो समयसम्म युद्धविराम हुने बताएका चिनियाँ सञ्चार माध्यम सिन्ह्वाले जनाएको छ । अमेरिका, अर्जेन्टिना, अस्ट्रिया, ब्राजिल, बेलायत, बुल्गेरिया, क्यानाडा, डेनमार्क, हङ्गेरी, रोमानिया, सर्बिया लगायत १८ वटा देशका नेताले एकैसाथ निकालेका विज्ञप्तिमा अन्तर्राष्ट्रिय कानूनअन्तर्गत संरक्षित गाजामा बन्धक र आक्रमणमा घाइते भएका र अझै क्रासमा रहेका नागरिकको भविष्य अन्तर्राष्ट्रिय चासोको विषय रहेको उल्लेख छ ।
गएको वर्ष अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणपछि हमासको कब्जामा रहेका नागरिकमध्ये आफ्नै नागरिक पनि रहेको साथै बन्धकहरूलाई मुक्त गर्न सके गाजाभरि थप मानवीय सहायता उपलब्ध गराउन सकिने खबरमा उल्लेख छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-04-26
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
