काठमाडौँ । बंगलादेशकी पूर्व प्रधानमन्त्री तथा बीएनपी अध्यक्ष खालिदा जियाको ८० वर्षको उमेरमा निधन भएको छ । बीएनपी पार्टीले उपचारको क्रममा रहेकी खालिदा जियाको निधन भएको जानकारी दिएको छ ।
बंगलादेशी पूर्व प्रधानमन्त्री खालिदा जिया पहिले कलेजो, मिर्गौला, मधुमेह र आँखाको रोगसहित विभिन्न स्वास्थ्य समस्याहरूबाट पीडित थिइन् ।
खालिदा जियाले १९९१ देखि १९९६ र २००१ देखि २००६ सम्म दुई पटक बंगलादेशको प्रधानमन्त्री बनेकी थिइन् । उनी पूर्व राष्ट्रपति जियाउर रहमानकी पत्नी थिइन् ।
उनका जेठा छोरा तथा बीएनपीका कार्यकारी अध्यक्ष तारिक रहमान २००८ देखि लन्डनमा बस्दै आएका थिए। उनी यसै महिना बंगलादेश फर्किएका छन् । उनका कान्छा छोरा अराफत रहमानको २०१५ मा हृदयघातका कारण मृत्यु भएको थियो ।
८ फेब्रुअरी २०१८ मा, ढाकाको विशेष अदालतले जिया अनाथालय ट्रस्टको नाममा सरकारी कोष हिनामिना गरेको आरोपमा खालिदा जियालाई पाँच वर्षको जेल सजाय सुनाएको थियो । खालिदाका छोरा तारिक र अन्य पाँच जना अभियुक्तलाई पनि १० वर्षको सश्रम कारावासको सजाय सुनाइएको थियो ।
उनीहरूलाई २ करोड १० लाख बंगलादेशी टाका जरिवाना पनि लगाइएको थियो । जियाले उच्च अदालतमा यो निर्णयको अपिल गरेकी थिइन्। अक्टोबर ३०, २०१८ मा मुद्दाको सुनुवाइ गर्दै अदालतले सजाय बढाएर १० वर्ष पुर्याएको थियो ।
खालिदाले पछि पुनरावेदनको अनुमतिको लागि अपिल गरिन्, अर्थात्, सर्वोच्च अदालतमा सिधै सजायलाई चुनौती दिन । कानुनी कार्यवाहीमा यो पाँच वर्ष ढिलाइ भयो ।
विद्रोह पछि शेख हसीनाको सरकारको पतनसँगै खालिदा जिया अगस्ट ६, २०२४ मा रिहा भएकी थिइन् । उनी पछि उपचारको लागि लन्डन गइन् । त्यहाँ ४ महिना बसेपछि, उनी ६ मे मा देश फर्किएकी थिइन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-12-30
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
