काठमाडौँ । मधेश केन्द्रित दल जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बीच एकाता हुने भएको छ । एकताको सहमति पत्रमा दुवै पार्टीका अध्यक्षहरु उपेन्द्र यादव र महन्थ ठाकुरले हस्ताक्षर गरेका छन् ।
जसपा अध्यक्ष यादव र लोसपा अध्यक्ष ठाकुरसहितको बैठकले आइतबार राति दुवै दल एकीकरण गर्ने निर्णय गरेको हो ।
सहमतिमा भनिएको छ:
मिति २०८२ पौष १३ गते जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालको अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरसहित दुवै पार्टीका पदाधिकारीहरुको काठमाडौँमा बसेको संयुक्त बैठकले देशको वर्तमान राजनीतिक परिस्थितिको मूल्याइन तथा विश्लेषण गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालिलाई संस्थागत गर्दै संघीयता, पहिचान, समानुपातिक समावेशिता, समाजिक न्याय लगायतको अग्रगामी परिवर्तनका मुद्दाहरुलाई मजबुत गर्दै न्यायपूर्ण समाज निर्माण गर्ने आवश्यकतालाई आत्मसात गरी जसपा, नेपाल र लोसपा नेपाल पार्टी एकिकरण गर्ने निर्णय गरियो ।

रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-12-29
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
