काठमाडौं । बंगलादेशले भारतको अगरतलामा रहेको भिसा कार्यालय र सिलिगुडीस्थित भिसा आवेदन केन्द्र बन्द गरेको छ । दिल्लीस्थित आफ्नो उच्चायोगमा भिसा सेवा अस्थायी रूपमा बन्द गरेको बंगलादेशले मंगलबारबाट अगरतला र सिलिगुडीस्थित कार्यालयहरू बन्द गरेको हो ।
बीबीसी बंगला सेवाका अनुसार त्रिपुराको अगरतलास्थित बंगलादेश भिसा र काउन्सलर सेवाहरू मंगलवार (आज)देखि अनिश्चितकालका लागि बन्द गरिएको छ । यस्तै पश्चिम बंगालको सिलिगुडीस्थित बंगलादेश भिसा आवेदन केन्द्रको कामकाज पनि अस्थायी रूपमा निलम्बन गरिएको छ ।
बंगलादेशमा हिन्दु युवक दिपुचन्द्र दासको मृत्यु भएपछि पछिल्ला केही दिनदेखि अगरतलामा केही स्थानीय संगठन विरोध प्रदर्शन गर्दै आएका छन् । यद्यपि, बीबीसी बंगला सेवाले दूतावासको हवाला दिँदै कोलकातामा रहेको भिसा कार्यालय भने खुला छ ।
यसअघि बंगलादेशले दिल्लीस्थित उच्चायोगमा भिजा सेवाहरू अस्थायी रूपमा बनद गरेको थियो । उच्चायोगको गेटमा सूचना टाँस गरेर अर्को सूचना जारी नहुँदासम्म सेवाहरू बन्द गरिएको जनाइएको बीबीसी हिन्दी सेवाको अन्लाइन संस्करणले जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-12-23
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
