एमाले महाधिवेशनअघि च्यासलमा सचिवालय बैठक, विधान संशोधनमा तीव्र रस्साकस्सी

काठमाडौँ , नेकपा (एमाले) को ११औँ महाधिवेशनअघि शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक जारी छ।

दिउँसो २ बजेदेखि सुरु भएको बैठकमा नेताहरूबीच विधान संशोधनसम्बन्धी विषयमा तीव्र रस्साकस्सी भएको बताइएको छ।बैठकस्थल बाहिर नेता तथा कार्यकर्ताहरूको ठूलो भीड लागेको छ, जसले महाधिवेशनअघि आन्तरिक गतिविधि झनै सक्रिय बनेको संकेत गर्छ।

रातोचन्द्रसुर्य डेस्क

प्रकाशित: 2025-12-12