काठमाडौं । नेपाली कम्पनी ग्र्याभिटी लाइफस्टाइल नयाँ इयरबड सार्वजनिक गर्ने भएको छ । यसअन्तर्गत ग्र्याभिटीको एयरशट २५० टीडब्लूएस इयरबड आज राति १२ बजे सार्वजनिक हुने भएको हो ।
इयरबड सार्वजनिक हुने उपलक्ष्यमा कम्पनीले सबैभन्दा पहिले खरिद गर्ने १०० जनालाई एक हजार पाँच सय रुपैयाँ छुट दिने जनाएको छ । आज राति १२ बजेपछि दराजबाट उक्त प्रडक्ट खरिद गर्दा सो छुट पाइनेछ ।
कस्तो छ ग्र्याभिटीको इयरबड ?
ग्रयाभिटी लाइफस्टाइल प्रालिले नेपालमा कस्टमाइज गरेको ‘एयरशुट २५०’ न्वाइज क्यान्सिलेसन भएको इयरबड हो । १० एमएम डाइनामिक साउन्ड ड्राइभर भएको इयरबड ब्लुटुथ ५.३ मा आधारित छ ।
इयरबडमा लगातार छ घण्टाको प्लेब्याक ब्याट्री ब्याकअप छ भने केसमा थप २४ घण्टा ब्याट्री ब्याकअप हुने कम्पनीको दाबी छ । उत्कृष्ट साउन्डको अनुभव दिन यसमा दुईओटा स्पिकर छन् ।
यसमा स्वतः डिभाइससँग पेयर हुने सुविधा छ । चार्जिङका लागि टाइप-सी केबल सपोर्ट गर्ने यो इयरबड तीन ओटा कलर भेरियन्टमा खरिद गर्न सकिन्छ । ३० जुलाईसम्म दराजबाट यो इयरबड तीन हजार १९९ रुपैयाँमा खरिद गर्न सकिनेछ ।
त्यसपछि भने उक्त इयरबड चार हजार ५०० रुपैयाँमा खरिद गर्न सकिन्छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2023-07-23
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
