काठमाडौँ । अमेरिकाले तेस्रो मुलुक (विदेशी) नागरिकलाई शरण दिने सबै कार्यक्रम रोकेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनअनुसार अमेरिकाको नागरिकता तथा अध्यागमन विभागले शरणार्थी कार्यक्रम रोकिएको अमेरिकी टेलिभिजन नेटवर्क सीएनएनले जनाएको छ।
समाचार अनुसार अमेरिकी नागरिकता र आप्रवासन सेवाका निर्देशक जोसेफ एडलोले प्रत्येक विदेशी नागरिकले सबैभन्दा गहन जाँच शुरु गरेको र सुनिश्चित नभएसम्म यो रोक कायम रहने बताएका छन् ।
बुधबार, वाशिंगटन, डीसीमा ह्वाइट हाउसबाट केही ब्लक टाढा दुई राष्ट्रिय गार्ड सदस्यहरूलाई गोली हानी मारिएको थियो, गम्भीर घाइते भएका दुई गार्डमध्ये एकको मृत्यु भएको छ ।
यस मुद्दामा एक अफगानी नागरिकलाई संदिग्धको रूपमा पक्राउ गरिएको छ र उनी हिरासतमा छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले तेस्रो विश्व देशहरूबाट मानिसहरूलाई अमेरिका प्रवेश गर्न रोक्ने बताएको केही घण्टापछि जोसेफ एडलोले यो घोषणा गरेको अमरिकी मिडिया सीएनएनले उल्लेख गरेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-11-29
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
