काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको पुर्व सन्ध्यामा शुभकामना दिएकी छन् ।
भण्डारीले एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा शुभकामना दिँदै महाधिवेशन पार्टीका नेता, कार्यकर्ता र सदस्यहरूको लागि ऐतिहासिक अवसर भएकाले आम जनताको समेत महत्त्वपूर्ण सरोकारको विषय भएको बताएकी छन् ।
उनले विशेष परिस्थितिका कारण निर्धारित समयावधिभन्दा एक वर्षअघि नै हुन गइरहेको यस महाधिवेशनमा वैचारिक तथा राजनीतिक रूपले परिपक्व नेता–कार्यकर्ता, उर्जाशील एवं अनुशासित युवा पुस्ता र विभिन्न क्षेत्रको सन्तुलित प्रतिनिधित्व सुनिश्चित हुनेगरी महाधिवेशन प्रतिनिधि छनोटमा सम्पूर्ण पार्टी पङ्तिले उच्च जिम्मेवारीका साथ ध्यान दिने विश्वास व्यक्त गरेकी छन् ।
साथै भण्डारीले आफुले दुई वर्ष अघि नै विधानसम्मत ढङ्गले नवीकरण गरिसकेको आफ्नो पार्टी सदस्यतालाई नेतृत्वले अनुचित तरिकाले रोकेकोप्रति गुनासो गर्दै महाधिवेशनमा भौतिक उपस्थिति नभएपनि पार्टी परिवारको अभिन्न सदस्यको हैसियतले साथमा निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
उनले भनेकी छन्- मैले दुइवर्ष अघि नै विधानसम्मत ढङ्गले नवीकरण गरिसकेको मेरो पार्टी सदस्यतालाई नेतृत्वले अनुचित तरिकाले रोकेको कारण, म स्वयंको यो महाधिवेशनमा भौतिक उपस्थिति नभए तापनि पार्टी परिवारको अभिन्न सदस्यको हैसियतले म तपाईँहरूका साथ निरन्तर रहनेछु ।’
एमालेले सकेसम्म सर्वसम्मत र सर्वसम्मत नभए मंसिर १३ गते देशैभर एकैदिन निर्वाचनमार्फत राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्दैछ । मङ्सिर २७ देखि २९ सम्म काठमाडौँमा हुने महाधिवेशनमा झण्डै २२ प्रतिनिधि सहभागी हुने बताइएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-11-27
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
