
काठमाडौं (एजेन्सी) । इरानले इजरायल माथि आक्रमण शुरु गरेको छ । स्थानीय समयअनुसार रातको पौने २ बजे राजधानी जेरुसेलम शहरका प्रतिरक्षा प्रणाली सक्रिय भएका र ठूलो विस्फोट हुँदा शहरभरी उज्यालो देखिएको बीबीसीले जनाएको छ । इरानले प्रहार गरेको ड्रोन प्रतिरक्षा प्रणालीले नष्ट गर्दा विष्फोट भएको बीबीसीको खबरमा उल्लेख छ । त्यसअघि इरानले इजरायलतर्फ प्रहार गरेका केही ड्रोन अमेरिकी सेनाले रोकिदिएको सीबीएस न्यूजले जनाएको छ ।
यही अप्रिल एक तारिखमा इजरायलले सिरियाको दमास्कसमा रहेको इरानी दूतावासनजिकै हवाई आक्रमण गर्दा इरानका दुई जना शीर्ष सेना कमान्डरसहित १३ जनाको ज्यान गएको थियो । यो घटनापछि रिसाएको इरानले इजरायलमाथी आक्रमण शुरु गरेको बीबीसीले जनाएको छ ।
इजरायल–हमास युद्धको बेला इरान–इजरायल प्रत्यक्ष टकराव नभएपनि दमास्कस घटनापछि दुई देशबीच समस्या बढेको हो । इजरायली प्रधानमन्त्री वेन्जामिन नेतान्याहूले अहिले आफुहरु प्रतिरक्षामा रहेको र प्रत्याक्रमणबारेमा चाँडै निर्णय गर्ने बताउनुभएको बीबीसीले जनाएको छ ।
इरानले इजरायलमा आक्रमण शुरु गरेसँगै मध्यपूर्वका देशहरुमा ठूलो युद्धको सम्भावना बढेको छ । यसअघि इजरायल–हमास युद्धका क्रममा मध्यपूर्वमा युद्ध भड्किनबाट जोगिएको भए पनि इरानसँगको युद्ध फरक हुने अन्तर्राष्ट्रिय सुरक्षा विश्लेषकहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
यसअघि हिजो अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानलाई इजरायलमाथि आक्रमण नगर्न चेतावनी दिँदै इरानले इजरायलमा आक्रमण गरेमा आफुहरु चुप नबस्ने र इरानको हार निश्चित हुने चेतावनी दिनुभएको थियो । अमेरिकाले आफ्नो युद्धपोतलाई मध्यपूर्वमा सक्रिय बनाएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २ बैशाख २०८१, आईतवार ०९:३२
पौडी खेल्ने क्रममा डुबेर एकको मृत्यु

पीएम कप एनभिए महिला तथा पुरुष भलिबल लिग जेठमा हुने

राष्ट्रपति पौडेल र अध्यक्ष दाहालबीच भेटवार्ता

पानी पर्न थालेसगैं बढ्न थाल्यो डेङ्गी सङ्क्रमण

Nature safari in CNP thrills visitors with close encounters of rhinos and tigers

कमिसन मागिएको आरोपपछि धितोपत्र बोर्डले अख्तियारलाई बुझायो ८९ आईपीओको विवरण
