प्रधानमन्त्री सुशीला कार्की विरूद्धको अवहेलना मुद्दामा सर्वोच्च अदालतले लिखित जबाफ माग्ने आदेश गरेको छ।
सर्वोच्चको आदेशका बावजुड पनि सरकारले १३ देशका राजदूतलाई फिर्ता गरी अवहेलना गरेको रिटमा आइतबार न्यायाधीश हरिप्रसाद फुयाल र अब्दुल अजीज मुसलमानको इजलासमा सुनुवाइ भएको हो।
रिटमाथि सुनुवाइ गर्दै विपक्षीहरूको लिखित जबाफ माग्ने आदेश भएको सर्वोच्चको वेबसाइटमा उल्लेख गरेको छ। मंसिर २ गते अवहेलनाका दुई वटा छुट्टाछुट्टै रिट परेका थिए।
जसमध्ये अधिवक्ता प्रेमराज सिलवालले परराष्ट्र र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाएका थिए ।
अधिवक्ताहरू प्रतिभा उप्रेती, अनन्तराज लुइँटेल र विशाल थापाले प्रधानन्त्री सुशीला कार्की समेतलाई विपक्षी बनाएका थिए।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-11-23
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
