काठमाडौँ । अमेरिकाको वाशिंगटन डीसीमा एच५एन५ बर्ड फ्लूको उपचार गराइरहेका एक व्यक्तिको मृत्यु भएको छ । राज्य स्वास्थ्य विभागका अनुसार, यो विश्वमा एच५एन५ भेरियन्टको पहिलो मृत्यु पुष्टि भएको हो ।
मृतक व्यक्ति ग्रे हार्बर काउन्टीका थिए । उनी वृद्ध थिए । स्वास्थ्य विभागका अनुसार, उनको घरमा कुखुरासहित धेरै प्रकारका घरेलु चराहरू थिए । चराहरूको बस्ने ठाउँहरूमा पनि बर्ड फ्लूको निशान भेटिएको थियो ।
यसले संक्रमणको सबैभन्दा सम्भावित स्रोत यी चराहरू वा नजिकैका जंगली चराहरू थिए भन्ने पुष्टि भएको छ । विभागले आम जनताको लागि जोखिम धेरै कम रहेको बताएको छ । यस केससँग सम्बन्धित अन्य कुनै पनि व्यक्तिमा यो भाइरस संक्रमणको पुष्टि भएको छैन ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-11-23
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
