नेपाली बजारका लागि ओप्पोले नयाँ स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ । कम्पनीले एक विज्ञप्ति सार्वजनिक गर्दै आफ्नो ‘ए’ सिरिजको नयाँ स्मार्टफोन ‘ओप्पो ए७८’ सार्वजनिक गर्ने घोषणा गरेको हो ।
यो फोनले प्रयोगकर्तालाई प्रिमियम अनुभव दिने कम्पनीको दाबी छ । डाइमण्ड म्याट्रिक्स डिजाइन भएको यो फोनमा ६.५६ इन्चको डिस्प्ले छ, जसमा ९० हर्जको रिफ्रेसरेट दिइएको छ ।
फोनमा मिडियाटेक एमटी६८३३ डाइभेन्सिटी ७०० चिपसेट प्रयोग गरिएको छ । ओप्पो ए७८ मा ५० मेगापिक्सेलको मुख्य क्यामेरा सहित ८ मेगापिक्सेलको सेल्फि क्यामेरा छ ।
अन्तर्राष्ट्रिय बजारमा जनवरी ७ मा सार्वजनिक भएको फोन नेपाली बजारमा भने अहिले आउन लागेको हो । कम्पनीले उपलब्ध हुने मिति र मूल्यको विषयमा भने कुनै जानकारी दिएको छैन ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2023-07-23
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
