काठमाडौं । अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ । सोमबार स्थानीय समयअनुसार मध्यराति १ बजे उत्तरी अफगानिस्तानको प्रमुख सहर मजार–ए–शरीफ नजिक ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो ।
अमेरिकी भू–वैज्ञानिक सर्वेक्षण (युएसजिएस) का अनुसार भूकम्पको केन्द्र बाल्ख प्रान्तको खुल्म सहर नजिक करिब २८ किलोमिटर गहिराइमा थियो । अफगान अधिकारीका अनुसार प्रारम्भिक विवरणमा कम्तीमा चार जनाको मृत्यु भएको छ ।
बाल्खका गर्भनरका प्रवक्ता हाजी जÞैदले भने, ‘हामीले ठूलो आर्थिक र जनधनको क्षति भोगेका छौं । धेरै मानिस घाइते भएका छन्, र हालसम्म चार जनाको मृत्यु पुष्टि भएको छ ।’
अफगानिस्तान राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘देशका धेरै प्रान्तहरू फेरि एक पटक शक्तिशाली भूकम्पबाट हल्लिएका छन् ।’ भूकम्पको कम्पन छिमेकी ताजिकिस्तान, उज्बेकिस्तान र तुर्कमेनिस्तानसम्म महसुस गरिएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।
मजार–ए–शरीफको ऐतिहासिक ब्लू मस्जिदमा समेत ठूलो क्षति पुगेको बताइएको छ । सामाजिक सञ्जालमा आएका भिडियोहरूमा मस्जिदको आँगनमा ढुंगामाटो र भग्नावशेषहरू देखिएका छन् ।
मजार–ए–शरीफकी पूर्व शिक्षिका रहेकी रहिमाले भूकम्प आएपछि आफूहरू आँत्तिदै घरबाट तल झरेको बताएकी छन् । ‘भूकम्प आउँदा मेरा छोराछोरी डराएर कराउँदै तल झरे। मैले यति शक्तिशाली कम्पन पहिले कहिल्यै महसुस गरेकी थिइनँ,’ उनले अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनसँग भनेकी छन् ।
गत अगस्ट महिनामा पनि अफगानिस्तानको पूर्वी भागमा ६ म्याग्निच्युडको भूकम्पले कम्तीमा २ हजार २०० जनाको मृत्यु र हजारौंको घाइते भएका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-11-03
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
