काठमाडौँ । रक्षा बमको नेतृत्वमा नेपाल जेन-जी फ्रन्ट घोषणा गरिएको छ । शुक्रबार रक्षाको नेतृत्वमा ३९ सदस्यको संयोजन समितिको घोषणा गरिएको छ ।
फ्रन्टमा युजनराज भण्डारी (संगठन समिति), यतिष ओझा (सूचना सञ्चार समिति), मनिष खनाल (संवाद समिति), आदित्य कर्ण (प्रदेश समन्वय समिति) लगायत ३८ जना सदस्य छन् ।
भाद्र २३ र २४ मा सम्पन्न जेन-जी विद्रोहलाई संस्थागत गर्न राज्यसँग सम्झौता गर्ने एजेण्डाहरू एकीकृत गर्ने र यस विद्रोहसँग जोडिएका सबै व्यक्ति, समूह, संघ र सङ्गठन तथा यस विद्रोहप्रति शुभेच्छा र सद्भाव राख्नुहुने सम्पूर्ण नेपाली नागरिकमा एकताको आह्वान गर्ने उद्देश्यका साथ ‘नेपाल जेन-जी फ्रन्ट’ गठन गरिएको बताइएको छ ।
हाल प्रारम्भिक रूपमा गठन गरिएको र यसमा जोडिन चाहने सम्पूर्णका लागि खुला रहेको समेत जानकारी दिइएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-11-01
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
