सिन्धुली । यही भदौं १७ र १८ गते परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले अवरुद्ध बनेको बीपी राजमार्ग आजदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने छोटो र महत्वपूर्ण मार्गका रूपमा रहेको बीपी राजमार्ग अविरल वर्षासँगैको बाढीपहिरोले क्षतिग्रस्त बनेको छ । विभिन्न स्थानमा डाइभर्सन बनाएर सडक सञ्चालनको तयारी गरिएको हो । अहिले डाइभर्सन बनाउने र सडक मर्मत गर्ने काम अन्तिम चरणमा पुगेको सडक डिभिजन भक्तपुरका प्रमुख इञ्जिनियर सुमन योगेशले जानकारी दिए ।
उनका अनुसार काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि नेपालथोकसम्म डाइभर्सन निर्माण कार्य सम्पन्न भइसकेको छ ।
भौतिक पूर्वाधार, शहरी विकास र ऊर्जा मन्त्री कुलमान घिसिङले विहीबार सडक डाइभर्सन निर्माण कार्यको अवलोकन गर्दै शुक्रबार साँझसम्ममा यातायात सञ्चालनको वातावरण बनाउन निर्देशन दिएका थिए । मन्त्री घिसिङको निर्देशनपछि गएराति अबेरसम्म निर्माण व्यवसायीले काम गरिरहेका थिए ।
सडक विभागका अनुसार, हालैको बाढीले राजमार्गका १६ स्थानका झन्डै ३.५ किलोमिटर डाइभर्सन बगाएको थियो । यस्तै, गत वर्षको बाढीमा क्षतिग्रस्त भएपछि निर्माण गरिएको ५.३ किलोमिटर डाइभर्सन पनि पूर्ण रूपमा नष्ट भएको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-10-10
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
