काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले देशमा मनसुनी वायूको प्रभाव तथा पूर्वी भू-भागमा बंगालको खाडीबाट आएको जलवाष्प युक्त हावाको प्रभाव रहेको जानकारी दिएको छ ।
हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आशिंक बदली रहेको छ भने कोशी प्रदेशका, मधेश प्रदेशका थोरै स्थानरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
महाशाखाले भोलि दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने जनाएको छ भने कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाले आगामी २४ घण्टा मधेश प्रदेश लगायत कोशी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ भने पछिल्लो मौसमी सूचनाको जानकारी लिन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-10-06
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
