काठमाडौँ । हमासले सबै बन्धकहरूलाई रिहा गर्न ससर्त सहमत भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासका लागि आइतबारसम्मको अल्टिमेटम दिएपछि हमासले सर्तसहित बन्धक रिहा गर्ने बताएको छ । यद्यपि, हमासले गाजामा अमेरिकी शान्ति योजनाका धेरै प्रमुख बुँदाहरूमा छलफल गर्न चाहेको बताएको छ ।
हमासले बन्धक रिहा गर्ने घोषणा गरेपछि, ट्रम्पले ट्रुथ सोशलमा लेखेका छन्- ‘हमासले जारी गरेको विज्ञप्तिको आधारमा, मलाई विश्वास छ कि तिनीहरू दिगो शान्तिको लागि तयार छन् । इजरायलले गाजामा तुरुन्तै बम विष्फोट बन्द गर्नुपर्छ ताकि हामी बन्धकहरूलाई सुरक्षित र छिटो बाहिर निकाल्न सकौं ।’
हमाससँग अझै २० बन्धक जिवितै रहेको दाबि गरिएको छ । तर उनीहरुको विवरण अहिलेसम्म स्पष्ट छैन । हमासले नियन्त्रणमा लिएका विपिन जोशीको अवस्था पनि अहिलेसम्म अज्ञात रहेको छ ।
हालै, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू अमेरिकामा रहेकै समयमा ट्रम्प र नेतान्याहू अमेरिकी शान्ति योजनामा सहमत भएका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-10-04
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
