अघिल्लो सरकारको निर्णय उल्टियो, अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण सूचना विभागबाटै हुने

काठमाडौं । अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण पुन: सूचना विभागबाटै हुने भएको छ । 

विहिबार बसेको मन्त्रिपरिषद्को बैठकले अघिल्लो सरकारको निर्णय उल्टाउँदै अनलाइन सञ्चारमाध्यामको दर्ता र नवीकरण सूचना विभागबाटै हुने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदिश खरेलले यस्तो जानकारी दिएका छन् ।

त्यस्तै आज बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको प्रवक्तामा सञ्चारमन्त्रीलाई तोकेको छ ।

रातोचन्द्रसुर्य डेस्क

प्रकाशित: 2025-09-25