काठमाडौं (एजेन्सी) । विश्वभरका परिवारले हरेक दिन एक अर्ब डलर अर्थात १ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको खाना खेर फाल्ने गरेको पाइएको छ । संयुक्त राष्ट्रसङ्घले खानाको नोक्सानीलाई ‘विश्वव्यापी त्रासदी’ भनेको छ ।
झण्डै ८० करोड मानिस भोकै बस्न बाध्य रहेको अहिलेको समयमा घर र व्यवसायहरूले वार्षिक १० खर्ब डलरभन्दा धेरै मूल्यको खाना खेर फालेको वा थन्काएर राखेको राष्ट्रसङ्घको फुड वेस्ट इन्डेक्स प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनअनुसार सन् २०२२ मा बजारमा उपलब्ध सबै उत्पादनहरूको झण्डै २० प्रतिशत अर्थात एक अर्ब टनभन्दा बढी खाना खेर गएको थियो । यसमा धेरैजसो खाना घरहरूबाट खेर गएको हो ।
राष्ट्रसङ्घीय पर्यावरण कार्यक्रम (यूएनइपी) का कार्यकारी निर्देशक इन्गर एन्डरसनले खानाको नोक्सानी विश्वव्यापी त्रासदी भएको र यस्तो प्रकारको नोक्सानी नैतिकमात्र नभएर ‘पर्यावरणीय असफलता’ भएको बताउनुभएको छ । खानाको नोक्सानीले पृथ्वीको तापक्रम बढाउने उत्सर्जनको पाँच गुणा उत्पन्न गर्ने प्रतिवेदनमा उल्लेख छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-03-28
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
