
काठमाडौं (एजेन्सी) । विश्वभरका परिवारले हरेक दिन एक अर्ब डलर अर्थात १ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको खाना खेर फाल्ने गरेको पाइएको छ । संयुक्त राष्ट्रसङ्घले खानाको नोक्सानीलाई ‘विश्वव्यापी त्रासदी’ भनेको छ ।
झण्डै ८० करोड मानिस भोकै बस्न बाध्य रहेको अहिलेको समयमा घर र व्यवसायहरूले वार्षिक १० खर्ब डलरभन्दा धेरै मूल्यको खाना खेर फालेको वा थन्काएर राखेको राष्ट्रसङ्घको फुड वेस्ट इन्डेक्स प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनअनुसार सन् २०२२ मा बजारमा उपलब्ध सबै उत्पादनहरूको झण्डै २० प्रतिशत अर्थात एक अर्ब टनभन्दा बढी खाना खेर गएको थियो । यसमा धेरैजसो खाना घरहरूबाट खेर गएको हो ।
राष्ट्रसङ्घीय पर्यावरण कार्यक्रम (यूएनइपी) का कार्यकारी निर्देशक इन्गर एन्डरसनले खानाको नोक्सानी विश्वव्यापी त्रासदी भएको र यस्तो प्रकारको नोक्सानी नैतिकमात्र नभएर ‘पर्यावरणीय असफलता’ भएको बताउनुभएको छ । खानाको नोक्सानीले पृथ्वीको तापक्रम बढाउने उत्सर्जनको पाँच गुणा उत्पन्न गर्ने प्रतिवेदनमा उल्लेख छ ।
Sudina Shrestha
प्रकाशित: १५ चैत्र २०८०, बिहीबार ०८:५८
नेपाल वायुुसेवा निगमकोजहाजहरू किन ढिलो र खाली उड्छन् ?

गृह मन्त्रालय र वायुसेवा सञ्चालक संघबीच समझदारी, उपत्यकाभित्रका उद्दार निःशुल्क हुने

संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड
भारतको कर्नाटकको एक जिल्लामा एक महिनामा २० जनाको हृदयघातबाट मृत्यु भएपछि छानबिनको आदेश

एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ
