मुग्लिन-नारायणगढ सडक अवरुद्ध हुँदा हजारौं यात्रु अलपत्र

चितवन । मुग्लिन नारायणगढ सडक खण्डको तुईन खोला नजिकै गएको पहिरो हटाउने कार्य शुरु भएको छ ।

पहिरो झर्ने क्रम अझसम्म पनि नरोकिएको जानकारी दिदै सडक डिभिजन कार्यालयले आइतबार बिहानैदेखि मुग्लिन साईडतर्फ र नारायणगढ तर्फबाट मेशिन परिचालन गरि पहिरो पन्छाउने कार्य सुचारू भैसकेको जानकारी दिएको छ ।

शुक्रबार साँझदेखि अवरुद्ध भएको सडक अहिलेसम्म अवरुद्ध हुदा हजारौं यात्रु अलपत्र भएका छन् ।

रातोचन्द्रसुर्य डेस्क

प्रकाशित: 2025-09-21