काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पा यति बेला फेसबुकमा निकै आक्रामक स्ट्याटस लेखिरहेका छन् । उनले सामाजिक सञ्जालमा लगातार लेखिरहेका स्ट्याटस अहिले चर्चाको विषय पनि बनेको छ । कतिले उनको फोन खोसिदिनु पर्ने ठट्टा समेत गर्न थालेका छन् ।
यसबीच हर्क र बालेनको सम्बन्ध जेनजी आन्दोलनपछि सुखद नभएको स्वयं हर्कले बालेनका बारेमा लेखेको बाटै बुझ्न सकिन्छ । प्रधानमन्त्री बन्ने भन्दै काठमाडौँ हाएका हर्क त्यति बेला निराश भए जब बालेनले प्रधानमन्त्रीमा सुशिला कार्कीको समर्थन गरे ।
अब हर्कले बालेनविरुद्ध लगातार लेख्दै आएका छन् । यसैबीच मंगलबार बालेनले हर्क साम्पाङलाई जति गालि गरेपनि आफुले तिमीलाई माया गर्न नछोड्ने भन्दै लेखे । बालेनले लेखे- डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो । यू आर माई ट्रू लभ ।
अब हर्क साम्पाङले यसको जवाफ दिएका छन् । हर्कले भनेका छन्- ‘लुकेर गेम खेल्दै स्टेटस लेख्नु सजिलो छ ! देशले के कति गुमायो त्यो थाहा छ ??? देश रोएको बेला ऊ हाँस्दै बसेको छ !’
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-16
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
