काठमाडौं (एजेन्सी) । गाजा क्षेत्रमा जारी युद्धमा इजरायली आक्रमणबाट अहिलेसम्म ३२ हजार दुई सय २६ जना प्यालेस्टिनीको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा इजरायली सेनाबाट ८४ प्यालेस्टिनी मारिएको र अन्य एक सय चार जना घाइते भएका छन् ।
योसँगै ज्यान गुमाउनेको सङ्ख्या ३२ हजार दुई सय २६ पुगेको र ७४ हजार पाँच सय १८ जना घाइते भएका हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्थानीय घाइते र प्रत्यक्षदर्शीहरूका अनुसार इजरायली सेनाले पछिल्लो २४ घन्टामा गाजा क्षेत्रका विभिन्न क्षेत्रमा हवाई र जमिन आक्रमण गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएको छ । गाजामा भूमिगत अपरेशनमा मर्ने इजरायली सैनिकको सङ्ख्या दुई सय ५१ पुगेको खबरमा उल्लेख छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-03-25
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
