
काठमाडौं (एजेन्सी) । गाजा क्षेत्रमा जारी युद्धमा इजरायली आक्रमणबाट अहिलेसम्म ३२ हजार दुई सय २६ जना प्यालेस्टिनीको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा इजरायली सेनाबाट ८४ प्यालेस्टिनी मारिएको र अन्य एक सय चार जना घाइते भएका छन् ।
योसँगै ज्यान गुमाउनेको सङ्ख्या ३२ हजार दुई सय २६ पुगेको र ७४ हजार पाँच सय १८ जना घाइते भएका हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्थानीय घाइते र प्रत्यक्षदर्शीहरूका अनुसार इजरायली सेनाले पछिल्लो २४ घन्टामा गाजा क्षेत्रका विभिन्न क्षेत्रमा हवाई र जमिन आक्रमण गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएको छ । गाजामा भूमिगत अपरेशनमा मर्ने इजरायली सैनिकको सङ्ख्या दुई सय ५१ पुगेको खबरमा उल्लेख छ ।
Sudina Shrestha
प्रकाशित: १२ चैत्र २०८०, सोमबार ०८:१३
गृह मन्त्रालय र वायुसेवा सञ्चालक संघबीच समझदारी, उपत्यकाभित्रका उद्दार निःशुल्क हुने

संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड
भारतको कर्नाटकको एक जिल्लामा एक महिनामा २० जनाको हृदयघातबाट मृत्यु भएपछि छानबिनको आदेश

एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ

भुटानमाथि नेपालको २९८ रनको जित, अपराजित हुदै सेमिफाइनलमा
