काठमाडौं (एजेन्सी) । मेटा स्वामित्वको सोसल मिडिया एप इन्स्टाग्राम गत वर्ष सन् २०२३ मा विश्वमा सर्वाधिक डाउनलोड हुने एप बन्न सफल भएको छ । चिनियाँ प्रतिस्पर्धी टिकटकलाई पछि पार्दै इन्स्टाग्राम सर्वाधिक डाउनलोड हुने एप बन्न सफल भएको हो ।
मार्केट इन्टेलिजेन्स कम्पनी सेन्सर टावरको रिपोर्ट अनुसार गत वर्ष इन्स्टाग्रामको डाउनलोडमा २० प्रतिशतले वृद्धि भयो र कुल ७६ करोड ८० लाख पटक डाउनलोड भयो ।
सर्वाधिक डाउनलोड हुने एपको दोस्रो स्थानमा रहेको टिकटक ७३ करोड ३० लाख पटक डाउनलोड भएको छ । चिनियाँ कम्पनी बाइटडान्स स्वामित्वको टिकटकको डाउनलोड दरमा गत वर्ष ४ प्रतिशतले वृद्धि भएको छ ।
इन्स्टाग्रामले पछिल्लो समयमा अन्य विभिन्न लोकप्रिय सोसल मिडिया प्लाटर्फमका फिचरहरु नक्कल गर्दै आएको छ र त्यसले प्रयोगकर्ताको आकर्षण बढाउनमा सहयोग गरिरहेको छ । यसमध्ये इन्स्टाग्रामले थप गरेको एउटा फिचर रील्स हो । टिकटकको भाइरल भिडियो फिचरको सिको गर्दै इन्स्टाग्रामले सन् २०२० मा रील्स लञ्च गरेको थियो ।
तथ्यांक अनुसार इन्स्टाग्राममा मासिक सक्रिय प्रयोगकर्ताको संख्या एक अर्ब ४७ करोड पुगेको छ भने टिकटकका सक्रिय प्रयोगकर्ता एक अर्ब १२ करोड छन् । सन् २०२३ को पछिल्लो तीन महिनामा टिकटकका प्रयोगकर्ताको संख्या एक करोड २० लाखले घटेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-03-15
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
