
ललितपुर । हीरण्यवर्ण महाविहार ‘क्वाबहाः’ ललितपुरको आयोजनामा यही फागुन ३० र चैत १ गते ‘यल इतिल्हन सम्यक् महादान पर्व’ हुने भएको छ । दीपङ्कर पर्वको नामबाट चिनिने यो पर्वको सुरुआत हीरण्यवर्ण महाविहार निर्माण गरेका मल्ल राजा भाष्करदेवका सन्तति भलिभारोले गरेको मानिन्छ ।
पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार सम्यक् पर्वको मुख्य दिन फागुन ३० गते बुधवार पाटनका १८ वटा प्रमुख बहाः, बही, चापागाउँ, बुङ्गमति, कीर्तिपुर, काठमाडौँ, ललितपुर र भक्तपुरका महाविहारबाट ल्याइएका दीपङ्कर बुद्ध, आर्यतारा र अन्य देवतालाई साँझ ७ बजेदेखि पाटन दरबारक्षेत्रमा भेला गराइने छ । ज्येष्ठवर्ण महाविहार तंगःबहालबाट ल्याइएको वसुन्धरा देवीलाई यस भेलामा सामेल गराइएपछि यहाँबाट सबै देवगणलाई नागबहाल लगिनेछ ।
यहाँ ती देवगणलाई सूचीअनुसार राति अबेरसम्म ठाउँ तोकेर विराजमान गराइनेछ । चैत १ गते सम्यक् महादान हुनेछ जुन बिहान ४ बजेदेखि दिउँसो १ बजेसम्म श्रद्धालु भक्तजनलाई दीपङ्कर बुद्ध र अन्य देवदेवीहरूको पूजाअर्चना र दर्शन गर्न दिइनेछ । त्यसपछि भूमिशोधन पूजा र दानका कार्यक्रम हुनेछन् । वि.सं.१८६१ सम्म हरेक वर्ष हुँदै आएको यो पर्व राजा रणबहादुर शाहका शासनकालदेखि हरेक चार वर्षमा हुँदै आएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २४ फाल्गुन २०८०, बिहीबार ०८:२६
बिर्तामोड सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा

सुरुवातबाटै पर्यटक आगमन अघिल्लो वर्षको तुलनामा घटदो

Body of Maharjan, killed in Tinkune protest, handed over to family

प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डमा

राष्ट्रिय सभाबाट पारित भयो ५ वटा विधेयक

तीनकुने घटनामा संलग्न जोसुकै भए पनि कारबाही हुन्छ : प्रधानमन्त्री ओली
