
त्रिवेणी (रुकुम पश्चिम) । रुकुम पश्चिमको जिल्ला कारागारमा २५ कैदीको क्षमता भए पनि हाल यसको पाँच गुणा बढी एक सय ५० जना कैदीबन्दी राखिएको छ । विभिन्न अभियोगमा दोषी ठहर भएका र अभियोग लागेर फैसला हुन बाँकी रहेका एक सय ५० कैदी तथा थुनुवा रहेका छन् ।
पाँच महिला र २० पुरुष गरी २५ जना अटाउने क्षमताको कारागारमा हाल सो सङ्ख्यामा कैदी तथा थुनुवा रहेको कारागार प्रशासक तथा सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवाले जानकारी दिए । उनका अनुसार एक सय जना विभिन्न अभियोगमा दोषी ठहर भएका कैदी छन् भने ५० जना विभिन्न अभियोगमा अदालतबाट फैसला आउन बाँकी रहेका थुनुवा छन् । क्षमताभन्दा बढी सङ्ख्या हुँदा बसाइ व्यवस्थापनमा समस्या हुने गरेको छ । त्यसै गरी, हिउँको समयमा पानीको पनि उत्तिकै समस्या हुने गरेको कारागार प्रशासक बढुवाले जानकारी दिए ।
कारागारमा भवन तथा अन्य समस्याको समाधानका निम्ति पटक–पटक मौखिक तथा पत्राचार गर्दा पनि कारागार व्यवस्थापन विभागले व्यवस्था गर्दा कैदीबन्दीलाई समस्या हुने गरेको छ । रुकुम पूर्व र रुकुम पश्चिमको एउटै कारागार हुँदा पनि ठाउँको अभाव हुने गरेको छ । जिल्ला अदालत रुकुम पूर्वबाट पनि दोषी ठहर भएका कैदी तथा अभियोग लागेका थुनुवा जिल्ला कारागार रुकुम पश्चिममै आउने गरेको कारागार प्रशासक बढुवाले जानकारी दिए ।
हाल कारागारमा पाँच महिलाको क्षमता भएकामा १० महिला, २० पुरुष अटाउने क्षमतामा एक सय ३८ र दुई नाबालक रहेको कारागार आन्तरिक प्रशासन प्रमुख प्रेम गिरीले जानकारी दिए । उनका अनुसार ७० वर्षमाथिका चार कैदीबन्दी छन् । त्यस्तै १६ महिनाका एक बालक र दुई वर्षका एक बालक गरेर दुई बालक पनि कारागारमा छन् ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २४ फाल्गुन २०८०, बिहीबार ०८:२३
अमेरिकामा एकै परिवारका चार नेपाली मृत भेटिए

‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ नबिल बैंकलाई

भारतबाट फर्केका सुदूरपश्चिमका पाँचजनामा कोरोना संक्रमण

Armyworm outbreak damages maize crops in Ramechhap

अमेरिकाद्वारा नेपालीलाई दिंदै आएको टीपीएस अनुमति खारेज, दुई महिनाभित्र स्वदेश फर्कनुपर्ने

राजतन्त्र कहिल्यै आउँदैन: सभापति देउवा
