काठमाडौँ । भारतले लिपुलेकबारे आफ्नो अडान दोहोराएको छ ।
विहिबार साप्ताहिक प्रेस ब्रिफिङका क्रममा पत्रकारले सोधेको प्रश्नको जवाफ दिदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले लिपुलेकको विषय नयाँ नभएको बताउदै यस क्षेत्रबाट सन् १९५४ देखि नै कैलाश मानसरोवर यात्राका लागि प्रयोग हुँदै आएको पुरानो मार्ग भएको र यस मार्गबाट यात्रा दशकौँदेखि निरन्तर सञ्चालनमा रहेको दोहोराएका हुन् ।
लिपुलेकको विषयमा नेपालको परराष्ट्र मन्त्रालयले आइतबार नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच कैलाश मानसरोबर यात्रा सञ्चालन गर्न लागेको विषयमा भारत र चीनलाई विरोध पत्र पठाएपछि यसअघि भारतीय विदेश मन्त्रालयले विज्ञप्ति मार्फत एकतर्फी रूपमा सीमाक्षेत्र विस्तार गर्ने प्रयास स्वीकार्य नहुने बताउदै नेपालसँग द्विपक्षीय सम्बन्धका सबै विषयमा रचनात्मक संवाद गर्न तयार रहेको जनाएको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-05-08
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
