काठमाडौँ । अमेरिकाले इरानमाथि नाकाबन्दी घोषणा गरेपछि होर्मुज जलडमरूमध्य क्षेत्रमा तनाव तीव्र रूपमा बढ्दै गएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनपछि अमेरिकी सेना फारस खाडी क्षेत्रमा व्यापक सैन्य तयारीमा जुटेको हो ।
अमेरिकी केन्द्रीय कमान्डले फारस खाडीमा १५ भन्दा बढी युद्धपोत तैनाथ गरेको जनाएको छ । यसै क्रममा अमेरिकाले आफ्नो अत्याधुनिक युद्धपोत ‘यूएसएस त्रिपोली’लाई अरब सागरमा परिचालन गरेको छ । उक्त जहाजमा आधुनिक लडाकु विमान र हेलिकप्टरहरू तैनाथ गर्न सकिने क्षमता रहेको बताइएको छ ।
अमेरिकी सेनाका अनुसार त्रिपोलीले समुद्रमा गस्ती गर्दै रातको समयमा पनि उडान सञ्चालन गरिरहेको छ । विशेष संरचनाका कारण यस जहाजमा ठूलो संख्यामा आधुनिक लडाकु विमान राख्न सकिने क्षमता रहेको जनाइएको छ ।
यसैबीच राष्ट्रपति ट्रम्पले नाकाबन्दी नजिक आउने कुनै पनि इरानी जहाजलाई नष्ट गरिने चेतावनी दिएका छन् । उनले इरानको नौसेनाको ठूलो हिस्सा पहिले नै ध्वस्त भइसकेको दाबी गर्दै बाँकी रहेका जहाजहरू पनि खतरा बनेमा कारबाही गरिने बताएका छन् ।
अमेरिका र इरानबीच पाकिस्तानमा भएको शान्ति वार्ता निष्कर्षविहीन भएपछि अमेरिकाले नाकाबन्दीको निर्णय लिएको हो । दुई देशबीच जारी युद्धविरामकै बीचमा यस्तो कदम चालिएकाले विश्व बजारमा ऊर्जा संकट गहिरिने चिन्ता बढेको छ ।
यस्तै, नाकाबन्दीका बीच एक चिनियाँ ट्यांकर जहाज होर्मुज जलडमरूमध्य पार गर्न सफल भएको छ । विवरणअनुसार करिब २ लाख ५० हजार ब्यारेल मिथानोल बोकेको उक्त जहाज संयुक्त अरब इमिरेट्सको हमरिया बन्दरगाहबाट प्रस्थान गरेको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-04-14
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
