अमेरिकाको दावी- इरानको खार्ग द्वीपमा ९० भन्दा बढी सैन्य केन्द्र नष्ट

काठमाडौँ । अमेरिकाले इरानको खार्ग द्वीपमा ठूलो स्तरमा आक्रमण गरी ९० भन्दा बढी सैन्य केन्द्र नष्ट गरेको दाबी गरेको छ ।

अमेरिकी केन्द्रीय कमान्डका अनुसार आक्रमण अत्यन्तै सटीक ढङ्गले गरिएको थियो र त्यस क्रममा तेलसँग सम्बन्धित पूर्वाधारमा कुनै क्षति नपुर्‍याइएको बताइएको छ ।

केन्द्रीय कमान्डले सामाजिक सञ्जालमार्फत जारी गरेको वक्तव्यमा नौसैनिक बारुद भण्डारण केन्द्र, मिसाइल भण्डारण बंकर तथा अन्य विभिन्न सैन्य संरचनालाई लक्ष्य बनाएर आक्रमण गरिएको उल्लेख गरेको छ। अमेरिकी सेनाले यसलाई ठूलो स्तरको सटीक सैन्य आक्रमणको रूपमा वर्णन गरेको छ ।

यसअघि एक इरानी अधिकारीले खार्ग द्वीपबाट तेल निर्यात सामान्य रूपमा जारी रहेको र त्यहाँ रहेका तेल कम्पनीहरूको गतिविधि नियमित रूपमा सञ्चालन भइरहेको बताएका थिए।

रातोचन्द्रसुर्य डेस्क

प्रकाशित: 2026-03-14