काठमाडौँ । इरानले गरेको प्रतिआक्रमणका क्रममा संयुक्त अरब इमिरेट्स (यूएई) मा ३ जनाको मृत्यु भएको छ । यूएईको रक्षा मन्त्रालयका अनुसार मृत्यु हुनेमा नेपाल, पाकिस्तानब र बंगलादेशका एक एक जना रहेको जानकारी दिएको छ । मन्त्रालयले मृतकको नाम भने खुलाएको छैन ।
मन्त्रालयका अनुसार हवाई प्रतिरक्षा प्रणाली पार गर्दै प्रवेश गरेका इरानी ड्रोन आक्रमणका कारण जमिनमा क्षति हुँदा पाकिस्तान, नेपाल र बंगलादेशका एक-एक नागरिकको मृत्यु भएको हो । घटनामा कम्तीमा ५८ जना सामान्य घाइते भएका छन् ।
यूएईका अनुसार इरानले कुल १६५ वटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको थियो, जसमध्ये १५२ वटा हवाई प्रतिरक्षा प्रणालीले नष्ट गरेको र १३ वटा समुद्रमा खसेका थिए । साथै प्रहार गरिएका दुईवटा क्रुज मिसाइल पनि नष्ट गरिएको जनाइएको छ ।
त्यस्तै, इरानबाट प्रक्षेपण गरिएका ५४१ वटा ड्रोनमध्ये ५०६ वटा अवरोध गरी खसालिएको तथा ३५ वटा ड्रोन यूएईको भूभागभित्र खसेका मन्त्रालयले जनाएको छ । मिसाइल र ड्रोन अवरोध गर्दा खसेका अवशेषका कारण विभिन्न स्थानमा नागरिक संरचनामा सामान्यदेखि मध्यम क्षति पुगेको बताइएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-03-01
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
