काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा फागुन २१ को निर्वाचनमा चुनाव नलड्ने भएका छन् ।
उनका स्वकीय सचिव भानु देउवाले यस निर्वाचनमा शेरबहादुर देउवा चुनाव नलड्ने जानकारी दिएका हुन् । देउवा २०४८ सालदेखि नै डडेल्धुराबाट विजयी हुदै आएका थिए ।
देउवाले अन्तिम पटक चुनाव लड्न चाहेको भएपनि काँग्रेसमा विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा बनेको नयाँ कार्यसमितिले देउवालाई अब चुनाव नलडन र अभिभावकीय भूमिका निभाउन आग्रह गरेको बुझिएको छ ।
अर्कोतर्फ गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा सर्वोच्च अदालत गएकाले पनि उनलाई नैतिक रुपमा गगन थापाको हस्ताक्षरको टिकट लिएर चुनावमा जान अप्ठ्यारो भएको बताइएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-01-20
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
