धनगढी । धनगढीका स्वतन्त्र मेयर गोपाल हमालले कुनै पनि पार्टीमा आबद्ध नहुने बताएका छन् । सामाजिक सञ्जाल र मिडियामा हमाल रास्वपा जाने हल्ला चलेपछि उनले पाँच वर्षसम्म धनगढीको जनताको सेवा गर्ने स्पष्ट गर्दै कुनै पार्टीमा नजाने बताएका हुन् ।
उनले भनेका छन्- ‘मैलै कुनै पनि पार्टी प्रवेश गर्ने योजना बनाएको छैन । मलाई धनगढीका मतदाताले पाँच वर्षका लागि स्वतन्त्र मेयरका रुपमा निर्वाचित गराएका हुन् । म धनगढीबासीले दिएको जिम्मेवारी र विश्वासलाई इमानदार भएर पूरा गर्ने प्रयासमा छु । पाँच वर्ष पूरा नहुँदासम्म म कुनै पनि राजनीतिक दलमा लाग्ने छैन ।’
उनले निराधार समाचारमा विश्वास नगर्न अनुरोध गर्दै भनेका छन्- ‘मलाई जनताले स्वतन्त्र मेयर भनेर जिताएका हुन् । म जनाताको म्याण्डेडअनुसार २०८४ को स्थानीय चुनावसम्म स्वतन्त्र नै रहेर काम गर्छु । अहिले कुनै पनि पार्टी प्रवेश गर्ने योजना छैन । हल्ला र सामाजिक सञ्जालका पछि नलाग्न सबैमा मेरो अनुरोध छ ।’
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-01-17
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
