काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवशेन पक्षधरले उद्घाटन समारोहमा बिभिन्न ६ स्थानबाट र्यालीसहित नेता तथा कार्यकर्ता महाधिवेशनस्थल भृकुटिमण्डपमा पुग्ने जनाएको छ ।
शुक्रबार काठमाडौंमा विशेष महाधिवेशनको जनपरिचालन एवं जुलुस व्यवस्थापन समितिले पत्रकार सम्मेलन गर्दै बिभिन्न ६ स्थानमा भेला भएर नेता तथा कार्यकता र्यालीसहित महाधिवेशनस्थल भृकुटिमण्डपमा पुग्ने जानकारी दिएको हो ।
सुन्धरा, रत्नपार्क, बागबजार, पद्मोदय मोड, कमलपोखरी र कुपण्डोलबाट र्याली आयोजना गरिने जनपरिचालन एवं जुलुस व्यवस्थापन समितिका संयोजक जगदिश्वर नरसिंह केसीले जानकारी दिए ।
विशेष महाधिवेशनका लागि जनपरिचालनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिदै नेता केसीले उद्घाटन सत्रमा पार्टीका सभापति लगाएतका नेताहरु उपस्थित हुने विश्वास व्यक्त गरे ।
केसीले विशेष महाधिवेशनका लागि गठन गरिएको अन्य समितिहरुले पनि आफ्नो तयारी अन्तिम चरणमा पुराएको बताए । कांग्रेसका विशेष महाधिवेशन पक्षधरले पुष २७ र २८ गते भृकुटिमण्डपमा विशेष महाधिवशेनको घोषणा गरेपछि विभिन्न जिल्लाबाट प्रतिनिधिहरु काठमाडौँ आउने क्रमपनि शुरु भएको छ ।
अहिलेसम्म दुई दर्जन भन्दा बढी जिल्ला कार्य समितिले विज्ञप्ति नै निकालेर विशेष महाधिवेशनप्रति ऐक्यवद्धता जाहेर गरिसकेका छन् भने यो क्रमजारी रहेको छ । प्रतिनिधिहरुका लागि काठमाडौँको सुन्धारा, ठमेललगायतका होटलहरु बुक गरिएको छ भने महाधिवेशन स्थल भृकुटीमण्डपमा तयारीको काम तिब्र गतिमा जारी रहेको छ । विशेष महाधिवेशन पक्षधरले यसअघि हस्ताक्षर गरेको भन्दा करिब ५ सय बढी महाधिवेशन प्रतिनिधिहरुले सहभागिता जनाउने दाबि गरेका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-01-09
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
