वीरगञ्ज । पर्साको वीरगञ्जमा कर्फ्यू आदेश हटेको छ। जिल्ला प्रशासन कार्यालय पर्साले मंगलबार दिउँसो साढे ३ बजेदेखि कर्फ्यू आदेश हटाएको छ। सर्वदलीय बैठक बसेपछि प्रशासनले कर्फ्यू आदेश हटाउने निर्णय गरेको हो।
‘सर्वदलीय/सर्वपक्षीय बैठकमा भएको सहमति एवं हाल जिल्लाको शानति सुरक्षाको व्यवस्था सुदृढ हुँदै गएको, नागरिकको स्वतन्त्र आवागमन, व्यापार व्यवसाय लगायतको गतिविधि निर्वाध रूपमा गर्न दिई जीवनयापन सहज गर्नु पर्ने समेतका कारण पुस २२ अपराह्न साढे ३ बजेदेखि लागू हुने गरी कर्फ्यू आदेश हटाइएको छ,’ प्रमुख जिल्ला अधिकारी भोला दाहालले आदेश जारी गरेका छन्।
विभिन्न पक्षबीच वीरगञ्जमा प्रदर्शन नगर्ने प्रतिबद्धता समेत जनाएका छन्।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-01-06
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
