काठमाडौँ । रेशम चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल र रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीबीच आज एकता हुदैछ ।
सिनामंगलस्थित नाउपा नेपाल कार्यालयमा दिउँसो १ बजे पार्टी एकताको घोषणा हुने कार्यक्रम तय गरिएको छ । एकतामा पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी नेपाल नै रहने र झण्डा तथा चुनाव चिह्न पनि रेशमले दर्ता गरेको नयाँ पार्टी नागरिक उन्मुक्ति पार्टी नेपालकै कायम हुने बताइएको छ ।
गत भदौमा अलग अलग भएका रेशम र रञ्जिता फेरी एक हुने भएका हुन् । रञ्जितासँग विवाद पछि चौधरीले भदौ २९ गते सो पार्टीबाट अलग भएको घोषणा गरेका थिए । त्यसपछि उनले कात्तिक २ गते आफू संरक्षक रहने गरी कविर सोबको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी नेपाल गठन गरेका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-12-27
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
