काठमाडौँ । मधेस प्रदेशमा सत्ता राजनीतिको नयाँ खेल भएको छ । प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहान नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्रीको पदमा शपथ ग्रहण गराएपछि राजनीतिको नाटकीय खेल बाहिर आएको हो ।
विरामी भएको भन्दै काठमाडौँ हिडेकी प्रदेश प्रमुखले सिन्धुलीको एक होटलमा यादवलाई मुख्यमन्त्रीको शपथ गराएकी छन् । संविधानको धारा १६८ (३) बमोजिम यादव प्रदेश सभाको ठुलो दलको हैसियतमा मधेस प्रदेशको नयाँ मुख्यमन्त्री बनेका हुन् ।
निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले यसप्रति असन्तुष्टि जनाउदै मधेशका जनतासँग धोका भएको बताएका छन् । उनले भनेका छन्- मधेश प्रदेशको जनतासँग धोका भयो । स्वास्थ उपचारको नाममा निस्केकी मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भन्डारीले सिन्धुली र महोत्तरीको सिमानाको एउटा होटेलमा प्रदेशको अस्मितालाई समाप्त पार्ने खेल गरिन् । एक त महिला अर्को स्वास्थको कुरा गरिन् ।’
सोनलले विश्वासको मत नपाउने भएपछि शनिबार राजीनामा दिएका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-11-10
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
