काठमाडौँ । हमासले विपिन जोशीसहित चार मृत बन्धकहरूको शव हस्तान्तरण गरिने जानकारी दिएको छ । हमासको सैन्य शाखा, अल-कस्सम ब्रिगेड्सले चार मृत बन्धकहरूको नाम सार्वजनिक गर्दै विपिनसहित चार बन्धकको शव सोमबार हस्तान्तरण गर्ने जानकारी दिएको सीएनएनले उल्लेख गरेको छ ।
चार जनामा विपिन जोशीसहित इजरायल रक्षा बलका सिपाही डेनियल पेरेत्ज, योसी शाराबी र गाय इलोउज रहेका छन् । २८ मृत बन्धकहरू मध्ये सोमबार केवल चार शवहरू रिहा गरिने हमासले जानकारी दिएको छ ।
अमेरिकाले मध्यस्थता गरेको सम्झौता अन्तर्गत, हमास र यसका सहयोगीहरूले युद्धविराम घोषणा भएको ७२ घण्टा भित्र बाँकी रहेका सबै बन्धकहरूलाई, जीवित र मृत, रिहा गर्नुपर्ने थियो तर हमासले त्यसको अवज्ञा गरेको भन्दै आलोचना गरिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-10-13
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
