काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको श्री जय किसान माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक संजय प्रसादलाई ४ लाख ५० हजार घुससहित पक्राउ गरेको छ ।
अख्तियारले विद्यालयमा शिक्षक आवश्यकता भनी खुलाएको विज्ञापनमा सेवाग्राहीले रितपूर्वक दर्खास्त दिएकोमा प्रधानाध्यापक संजयले शिक्षक नियुक्तिका लागि बिचौलिया अरविन्द प्रकाश साहकानु मार्फत ४ लाख ५० हजार घुस रकम लिएको अवस्थामा पक्राउ गरेको हो ।
घुस रकम लिइसकेको अवस्थामा प्रधानाध्यापक संजय प्रसाद र साहकानुलाई उक्त रकमसहित जिल्ला पर्सा, बिरगंज महानगरपालिका-१३ अदालत रोडस्थित होटलबाट शुक्रबार नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-10-11
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
