काठमाडौँ । भारतको ओडिशास्थित कटकमा दुई समुदायबीच तनाव र हिंसात्मक घटनाहरू पछि इन्टरनेट र सामाजिक सञ्जाल अस्थायी रूपमा बन्द गरिएको छ । तनाव बढेपछि शहरका अधिकांश भागहरूमा ३६ घण्टाको कर्फ्यू लगाइएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
विश्व हिन्दू परिषद्ले सोमबार कटकमा १२ घण्टाको बन्दको आह्वान समेत गरेको छ। दुई दिनअघि दुर्गा पूजा विसर्जनको क्रममा भएको झडपपछि शहरमा तनाव कायमै रहेको छ।
आइतबार अनुमति नदिए पनि, विश्व हिन्दु महासंघका कार्यकर्ताहरूले बाइक र्याली आयोजना गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूलाई रोकेको र विरोध प्रदर्शनका क्रममा प्रहरीमाथि ढुङ्गा प्रहार गरियो, जसमा आठ प्रहरी घाइते भएको बताइएको छ ।
ओडिशाका मुख्यमन्त्री मोहन चरण माझीले घटनाप्रति दुःख व्यक्त गर्दै सरकारले बदमाशहरूमाथि कडा निगरानी गरिरहेको छ र कानून अनुसार उनीहरू विरुद्ध कडा कारबाही गरिने बताएका छन् । विपक्षी बिजु जनता दलका नेता नवीन पटनायकले कटकको अवस्थालाई लिएर सरकारको आलोचना गरेका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-10-06
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
