काठमाडौँ । असोज १८ र १९ गते आएको भिषण बर्षापछि विपद्का घटनामा परेर देशभर कम्तिमा ४० जनाको मृत्यु भएको छ । बाढीपहिरो, चट्याङ तथा सवारी दुर्घटनामा परेर दुई दिनमा ४० जनाको मृत्यु भएको छ र ११ जना बेपत्ता रहेका छन् । त्यस्तै १३ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
बाढी पहिरोबाट सबैभन्दा बढी इलाममा मात्रै २८ जनाको मत्यु भएको छ । इलामको सूर्योदय नगरपालिकामा पाँच, इलाम नगरपालिकामा छ, देउमाई नगरपालिकामा दुई, फाकफोकथुम गाउँपालिकामा एक, माङ्सेबुङ गाउँपालिकामा तीन, माइजोगमाई गाउँपालिकामा आठ र सन्दकपुर गाउँपालिकामा तीन जनाको मृत्यु भएको छ ।
त्यस्तै पाँचथरमा सवारी दुर्घटनामा छ जना, रौतहटमा चट्याङमा परेर तीन जना, उदयपुरमा दुई जना र खोटाङमा एक जनाको मृत्यु भएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-10-05
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
