काठमाडौं । मौसमविद अबको केहि दिनमा भिषण बर्षाको अनुमान गरेका छन् । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विषयका सहप्राध्यापक डा. विनोद पोखरेलले अब ‘भारी’ वर्षाको सम्भावना रहेको जानकारी दिएका हुन् । उनले असोज १७ देखि २१ सम्म अर्थात अक्टोबर ३ देखि ७ सम्म भारी वर्षा हुन सक्ने बताएका छन् ।
डा. पोखरेलले सामाजिक सञ्जालमा भनेका छन्,‘फोरकास्ट (मौसम पूर्वानुमान) नमिलोस् भनेर अझै कामना गरौँ, तर, पोहोर सालको असोजको जस्तै भीषण पानी पर्ने सम्भावना धेरै छ । अहिले तीन मोडेलले उक्त अवधिमा भारी वर्षा हुने देखाएको छ । भोलिदेखि वर्षा हल्का मध्यम हुँदै बिहीबार रातिदेखि पूर्वी नेपालमा भारी वर्षा सुरु हुने देखिन्छ । यात्रा गर्दा ध्यान दिनुहोला, भारी वर्षा लगभग ३-४ दिन सम्म हुने देखिएकोले कृषकहरूलाई बेलैमा जानकारी गरिदिनु होला ।’
मौसम पूर्वानुमान शाखाले पनि आज बिहान जारी बुलेटिनमा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाएको छ।
गत वर्ष असोज १० देखि १३ गतेसम्म देशभर भारी बर्षा भएको थियो । त्यस्तै भारतले असोज १७–१९ गतेसम्म सिक्किम, पश्चिम बंगाल, बिहारमा भारी वर्षाको ‘अलर्ट’ जारी गरिसकेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-30
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
