काठमाडौं । नेपाल मानव धर्म सेवा समितिले देशका विभिन्न ७ स्थानमा आयोजना गरेको रक्तदान कार्यक्रममा झण्डै तीन सय पिन्ट रगत संकलन भएको छ ।

मानव धर्मका प्रणेता श्री सतपालजी महाराजको जन्मदिनको अवसर पारेर आयोजना गरिएको रक्तदान कार्यक्रममा २ सय ९५ जनाले रक्तदान गरेका हुन् ।
संकलित रगत मध्य काठमाडौँमा ८४ पिन्ट, बुटवलमा ५८ पिन्ट, धुलावारीमा ४१ पिन्ट ईटहरीमा ३७ पिन्ट रगत जम्मा भएको छ । त्यस्तै पोखराबाट ३२ पिन्ट, नेपालगंजबाट ३१ पिन्ट र टिकापुरबाट १२ पिन्ट रगत संकलन भएको हो ।

जेन जीको आन्दोलनमा देशका सबैजसो स्थानमा धेरै घाइते विरामी भएको र रगतको अभाव चरम अवस्थामा पुगेका कारण रक्तदान कार्यक्रमको आयोजना गरिएको नेपाल मानव धर्म सेवा समिति केन्द्र प्रमुख महात्मा चमेली वाइजीले बताउनुभएको छ ।

२१ सेप्टेम्बरमा महाराजजीको जन्म दिन पर्ने र उहाँको जन्मदिनमा सामाजिक उत्तरदायित्व पूरा गर्ने हिसावले विभिन्न सामाजिक क्रियाकलापहरु पनि संस्थाले गर्दै आएको छ । संस्थाले रक्तदानका अलावा देशका विभिन्न स्थानमा सरसफाइ, शैक्षिक सामग्री वितरण जस्ता क्रियापकलाहरु पनि सम्पन्न गरेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-25
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
