काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले आफु शिक्षा मन्त्रालयमै बस्ने बताएका छन् । केशरमहलस्थित मन्त्रालयमा कार्यभार ग्रहण गर्दै उनले आफु मन्त्रालयमै बस्ने बताए ।
उनले भने- सचिवज्यूलाई निर्देशन दिन्छु । एउटा कोठा बनाउनुस, एउटा बेड, एउटा टेबल एउटा कुर्सि । म जहाँ काम गर्छु त्यहि बस्ने बानी छ मेरो । राष्ट्रिय आविष्कार केन्द्रमा काम गर्दा म त्यहि बस्छु । वीरगन्ज जादा त्यहि बस्ने हो । मलाइ एउटा किचन चाहियो, म आफै पकाएर खान्छु ।’
मन्त्री पुनको कुरा सुनेर पत्रकारहरु समेत हाँसेका थिए । यतिमात्र नभएर उनले आफू मन्त्री नभएको समेत बताएका छन् । उनले आफू मन्त्री नभएको र कसैले मन्त्री भन्नै रहर लागेमा कवाडी बैज्ञानिक मन्त्री भन्न सुझाएका छन् ।
मन्त्री पुनले मन्त्रालयको काममा गाडी प्रयोग गर्ने बताउदै अन्य निजी काममा गाडी प्रयोग नगर्ने बताए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-22
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
