शिवपुरीबाट बाहिरिए ओली, भाडाको घरमा बस्ने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट फर्किएका छन् । जेनजी प्रदर्शनका क्रममा उनलाई नेपाली सेनाले सुरक्षाका निम्ति शिवपुरीस्थित नेपाली सेनाको ब्यारेकमा लगेर राखेको थियो । प्रधानमन्त्री पदबाट राजीनामा दिएर गत २४ भदौदेखि सैनिक ब्यारेकमा बस्दै आएका ओली बिहीबार ब्यारेक बाहिर आएका हुन् ।

स्रोतका अनुसार ओली भक्तपुरको गुण्डु सरेका छन् । त्यहाँ उनका निम्ति भाडाको घर लिइएको छ । बालकोटस्थित ओलीको घर भने प्रदर्शनकारीले जलाएका छन् । बालकोटको घर जलेकाले ओली गुण्डु सरेका हुन् । जेनजीको प्रदर्शनपछि पार्टीभित्र ओलीको राजीनामा माग समेत हुन थालेको छ ।

रातोचन्द्रसुर्य डेस्क

प्रकाशित: 2025-09-18