प्रधानमन्त्री कार्कीद्वारा सहिदका सालिकमा माल्यार्पण, मृतकका परिवारलाई १० लाख दिने घोषणा

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले लैनचौर र सहिदगेटस्थित सहिदका सालिकमा माल्यार्पण गरेकी छन् । उनले आज बिहान लैनचौर र सहिदगेट पुगेर सहिदका सालिकमा माल्यार्पण गरेकी हुन् ।

प्रधानमन्त्री कार्की माल्यार्पणपछि पदबहालीका लागि सिंहदरबार प्रस्थान गरेकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई यही भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेको हो ।

प्रधानमन्त्री कार्कीले आजै सिंहदरबार कार्यालय पुगेर पदभार सम्हालेकी छन् । गृहमन्त्रालयका लागि बनाइएको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय स्थापना गरिएको छ । पदभार सम्हाल्दै प्रधानमन्त्री कार्की आन्दोलनका क्रममा मृत्यु भएका प्रत्येक मृतकको परिवारलाई १० लाख रुपैयाँ दिने घोषणा गरेकी छन् ।

रातोचन्द्रसुर्य डेस्क

प्रकाशित: 2025-09-14