काठमाडौं । नेपालका लागि संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक हाना सिंगर हम्डीले नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै शुभकामना सन्देश दिएकी छन् ।
संयुक्त राष्ट्रसंघद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री नियुक्तिमा नेपाली जनतालाई बधाई दिँदै राष्ट्रसंघले शान्ति, न्याय, पारदर्शिता, जवाफदेहिता र प्रगतिप्रतिको जनअपेक्षामा साथ दिने प्रतिबद्धता जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘यो महत्वपूर्ण मोडमा संयुक्त राष्ट्रसंघ नेपाली जनताको शान्ति, न्याय, पारदर्शीता, जवाफदेहिता र प्रगतिप्रतिको आकांक्षामा साथ दिन प्रतिबद्ध छ ।’
सन्देशमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानसेनापति अशोक सिग्देल, र नयाँ पुस्ताका युवा नेताहरूको योगदानको पनि उच्च मूल्यांकन गरिएको छ । साथै, परिवर्तनको क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।
राष्ट्रसंघले प्रधानमन्त्री कार्कीलाई ‘देशको संवेदनशील अवस्थामा यो महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ, उहाँलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं,’ भन्दै शुभेच्छा व्यक्त गरिएको छ ।
संयुक्त राष्ट्रसंघले नेपालको स्थायित्व, मानव अधिकार र दिगो विकासको यात्रामा सरकारसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता दोहो¥याएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-09-13
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
