
चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा औषधि पसल (फार्मेसी) थप गरिएको छ । यस अघि दुई वटा फार्मेसी सञ्चालन हुँदै आएको थियो । बिरामीको चाप बढेपछि फार्मेसी थप गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालका उपनिर्देशक डा. उमेश नेपालका अनुसार अस्पतालको डेकेयरमा नयाँ फार्मेसी शाखा विस्तार गरिएको हो । भर्ना नगरी केमो थेरापी चढाउनुपर्ने बिरामी ‘डेकेयर’मा आउने गर्दछन् । डेकेयरमा आउने बिरामीलाई औषधि किन्न असहज भएपछि शाखा विस्तार गरिएको उनले जानकारी दिए ।
उनका अनुसार ‘ओपिडी’ फर्मेसीबाट बीमामार्फत र नगदमा औषधि खरिद गर्ने व्यवस्था गरिएको छ भने अन्तरङ्ग भवनभित्र विपन्नसहित नगदमा चौबीसै घण्टा खुल्ला रहने गरी फार्मेसी सञ्चालनमा रहेको छ ।डेकेयर फर्मेसीबाट विपन्नमार्फत् र नगदमा औषधि खरिद गर्न सकिने छ । भर्ना नभईकन केमो लगाउनेलाई लक्षित गरी सञ्चालन गरिएको यो फार्मेसी बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म खुल्ला रहने उनले जानकारी दिए ।
अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले बिरामीलाई औषधि किन्न पालो कुर्नुपर्ने बाध्यतालाई न्यूनीकरण गर्न फार्मेसीको नयाँ शाखा सञ्चालन गरिएको बताए ।छिट्टै शल्यक्रिया कक्ष र सघन उपचार कक्षलाई सहज हुने गरी अर्को फार्मेसी सञ्चालन गर्ने तयारी रहेको उनले बताए ।
Sudina Shrestha
प्रकाशित: २७ जेष्ठ २०८२, सोमबार १५:४३
पूर्वराजा ज्ञानेन्द्रको जन्मदिन- निर्मल निवासमा बिहानैदेखि भीड

आन्दोलनमा चिकित्सक, आज आकस्मिकबाहेकका अन्य सेवा बन्द

पूर्वराष्ट्रपति भण्डारीको बालेनसँग अर्थपूर्ण भेटवार्ता

गोकुल बास्कोटाको चेतावनीः पार्टीमा निषेध लागु हुनै सक्दैन

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकसहित १४ जनाविरुद्ध मुद्धा दायर

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
