अमेरिकाबाट अवैध रूपमा बसिरहेका थप आठ नेपालीहरू निष्काशित

अमेरिका , अमेरिकाले अवैध रूपमा बसिरहेका नेपालीहरूलाई निष्काशन गर्ने क्रम जारी राखेको छ । पछिल्लो पटक अमेरिकाबाट थप आठ नेपाली निष्काशित भएका छन्। निष्काशनमा पर्नेहरुमा बुढा, पुन, सेन, चौधरी, खड्का, सुवेदी, पुन मगर, पाठक थरका एक–एक जना रहेको स्रोतले जनाएको छ ।

गैरकानुनी रूपमा अमेरिका बस्दै आएका उनीहरूलाई अमेरिकी अध्यागमनले यसै साता निष्काशन गरेको हो।उनीहरूलाई एयर इन्डियाको विमानबाट नेपाल फर्काइएको छ । उनीहरुमध्ये पुन, सुवेदी, पुन मगर, पाठक र बुढा अवैध रुपमा तल्लोबाटो ९मेक्सिको० हुँदै अमेरिका पुगेका थिए । उनीहरुलाई अमेरिका प्रवेश गर्ने बित्तिकै प्रहरीले पक्राउ गरेको जनाइएको छ । पक्राउ परेकामध्ये पासपोर्ट नभएकाको ट्राभल डकुमेन्ट बनाएर अमेरिकाले नेपाल डिपोर्ट गरेको हो ।

डोनाल्ड ट्रम्पले राष्ट्रपतिमा शपथ लिएपछि अमेरिकाको आप्रवासन सम्बन्धी नीति परिवर्तन भएको हो । राष्ट्रपति ट्रम्पले आप्रवासनसम्बन्धी नयाँ कार्यकारी आदेश जारी गरेर गैरकानुनी रूपमा बसोबास गर्ने आप्रवासीमाथि निरन्तर धरपकड गर्दै आएको छ। अहिले पनि ठूलो संख्यामा नेपालीहरू त्यहाँको अध्यागमन प्रहरी आइसीईको निगरानीमा छन्।

Sudina Shrestha

प्रकाशित: २३ चैत्र २०८१, आईतवार २२:२५