काठमाण्डौ । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको ७ महिना साउनदेखि माघसम्ममा ३६ अर्ब ६ करोड ७९ लाख रुपैयाँ मुनाफा कमाएका छन् । गएको आर्थिक वर्षको यसै अवधिको तुलनामा वाणिज्य बैंकहरुको औसत नाफा १.६२ प्रतिशतले बढेको छ । गएको आर्थिक वर्षको माघ महिनासम्म बैंकहरुले ३५ अर्ब ४९ करोड रुपैयाँ नाफा कमाएका थिए ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक अग्रस्थानमा रहेको छ । यो बैंकले चालु वर्षको माघसम्म ४ अर्ब १ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । दोस्रो धेरै नाफा कमाउनेमा ग्लोबल आईएमई बैंक रहेको छ । यो बैंकले समीक्षा अवधिसम्म ३ अर्ब ९८ करोड ५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ४३ करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यसैगरी चालु आर्थिक वर्षको माघसम्म एभरेष्ट बैंकले २ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ, नेपाल बैंकले २ अर्ब ४५ करोड ८४ लाख रुपैयाँ, एनएमबी बैंकले २ अर्ब ३४ करोड ४९ लाख रुपैयाँ र प्राइम बैंकले २ अर्ब १८ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।
यस्तै स्ट्यान्डर्ड चार्टर्ड बैंकले १ अर्ब ८३ करोड ८५ लाख रुपैयाँ, प्रभु बैंकले १ अर्ब ८३ करोड ८६ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले १ अर्ब ५८ करोड ९६ लाख रुपैयाँ, हिमालयन बैंकले १ अर्ब ४७ करोड २४ लाख रुपैयाँ र सानिमा बैंकले १ अर्ब ३७ करोड १९ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।
सात महिनाको अवधिमा राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब २३ करोड ८६ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकले १ अर्ब ६ करोड १७ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले ९६ करोड ८१ लाख रुपैयाँ, सिटिजन्स बैंकले ९० करोड २६ लाख रुपैयाँ, सिद्धार्थ बैंकले ८५ करोड ५१ लाख रुपैयाँ, कृषि विकास बैंकले ७९ करोड ९९ लाख रुपैयाँ, कुमारी बैंकले ७३ करोड ८६ लाख रुपैयाँ र एनआईसी एशिया बैंकले ४६ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेका राष्ट्र बैंकले जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-03-10
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
