काठमाडौँ । नेपालले भुटानलाई २९८ रनले पराजित गरेको छ ।
जारी एसीसी यू-१६ इस्ट जोन प्रतियोगिता अन्तर्गतको खेलमा नेपालले दिएको ३५९ रनको लक्ष्य पछाएको भुटान ३२.४ ओभरमा ६० रन बनाएर अल आउट भएपछि नेपाल २९८ रनले विजयी भएको हो ।
भुटानको ब्याटिंग लाइन ध्वस्त गर्ने क्रममा नेपाली बलर विपिनप्रसाद शर्माले ४ विकेट लिए भने सुयोग भट्टराई र सचिन भट्टले २-२ विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा ५ विकेट गुमाउदै ३५८ रन बनाएको थियो ।
नेपालका लागि रौनक श्रीवास्तवले अविजित १६८ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै जोय थापाले अविजित ६१ रन बनाए भने शिवांश बजगाईंले ५४ र सुगम बुढाथोकीले ३५ रन बनाएका थिए । त्यस्तै भुटानका बलर सांगे दोर्जीले ३ विकेट लिएका थिए ।
यो जितपछि नेपाल समुह ए मा चारै खेल जितेर समुहमा शिर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको छ । यस समुहबाट सिंगापुर दोस्रो स्थानमा रहदै सेमिफाइनलमा पुगेको छ ।
त्यसैगरी भुटानले भने आफ्ना चारै खेलमा हार बेहोरेर बाहिरिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-01
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
