
काठमाण्डौ । आज विश्व क्यान्सर दिवस । नेपालमा पनि क्यान्सरविरुद्धको विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष फेब्रुअरी ४ तारिखमा विश्वव्यापीरुपमा यो दिवस मनाउने गरिन्छ । क्यान्सर अर्थात् अर्बुद रोग भनेको शरीरको कोश या कोशिकाहरूको समूहको अस्वाभाविक वृद्धि हो ।
यदि यसलाई समयमै नष्ट गरिएन या हटाइएन भने शरीरभर नै यो रोग फैलिने र उपचार जटिल हुने जोखिम हुन्छ । क्यान्सर लाग्दैमा डराउनु नपर्ने र प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने चिकित्सकहरू बताउँछन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले नियमित रूपमा स्वास्थ्यको जाँच गरी प्रारम्भिक चरणमा क्यान्सर पत्ता लागेमा उपचार गरेर रोकथाम गर्न सकिने बताउँछन् ।
क्यान्सर थाहा पाउनेबित्तिकै उपचार भए जस्तोसुकै अवस्थाको रोग निको पार्न सकिने पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा।अरुण शाहीको भनाइ छ । उनका अनुसार क्यान्सरका चार चरणमध्ये शून्यदेखि तीन स्टेजको क्यान्सरलाई पूर्ण रूपमा निको पार्न सकिने र चार स्टेजको क्यान्सरलाई नियन्त्रण गर्न सकिनेछ ।
यसैबीच नेपालमा ९५ प्रतिशत क्यान्सरको उपचार हुने भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा।उज्जवल चालिसेले बताए । क्यान्सरको उपचार नेपालमा विश्वको तुलना सस्तो रहेकोले सरकारी अस्पतालमा उपचार गर्दा बिरामीलाई आर्थिक भार कम पर्ने उनको भनाइ छ ।
जाँडरक्सी र सुर्तीजन्य पदार्थको सेवन, खानपिन, जीवनशैली, आराम, विकीरणको प्रभाव, जीवाणुको कारण, वंशाणुगतलगायत क्यान्सरका मुख्य कारण हुन् । ‘ग्लोबोक्यान’ नामक एक सर्वेक्षणका अनुसार नेपालमा हरेक वर्ष २० हजारभन्दा धेरै क्यान्सरका नयाँ बिरामी थपिने गरेका छन् ।
नेपालमा पुरुषमा फोक्सो, पेट, आन्द्रा, मुख र थाइराइडको क्यान्सर बढी देखिएको छ भने महिलामा पाठेघरको मुख, स्तन, फोक्सो, पित्तथैली र डिम्बाशयको क्यान्सर प्रमुख छन् ।
कसरी हुन्छ क्यान्सर रु
शरीरको कोष वा कोषिकाहरुको समूहको अस्वभाविक वृद्धि नै क्यान्सर रोग हो । जसलाई एक किसिमको गिर्खा वा ट्युमर भनिन्छ । यस्ता ट्युमर दुई प्रकारका हुन्छन्स् घातक र नम्र प्रवृत्तिका । घातक प्रवृतिका ट्युमर शरीरमा अस्वभाविक रुपमा वृद्धि हुन्छ र यो ट्युमर शरीरको जुन भागमा आएको हो त्यहाँबाट अन्य भागमा फैलिँदै जान्छ । यही घातक ट्युमरलाई क्यान्सर भनिन्छ । त्यस्तै नम्र प्रवृतिको ट्युमरले सामान्यतः हानी गर्दैन र यो शरीरका अन्य भागमा फैलिँदैन जान्छ ।
म्बदगच ल्भउब
ि
यी हुन् क्यान्सरका कारक तत्वहरु
धुमपान, मद्यपान तथा सुर्तीजन्य पदार्थको सेवन
जीवाणु तथा बिषाणुका कारण
वंशाणुगत कारण
विकिरणको प्रभाव
अस्वस्थकर आहार
वातावरणीय प्रदूषण
कसरी बच्ने रु
धुमपान, मद्यपान तथा कुनै पनि सुर्तीजन्य पदार्थको सेवन नगर्ने
सन्तुलित भोजन गर्ने
शरीरिक व्यायाम नियमित गर्ने
नियमित स्वास्थ्य परीक्षण गर्ने
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २२ माघ २०८१, मंगलवार ०८:५०
कर्णाली विकास बैंकको रमक हिनामिना आरोपमा संस्थापक अध्यक्ष राय पक्राउ

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

थाइल्याण्डकी ओपललाई मिस वर्ल्ड २०२५ को उपाधि

पीएसजीलाई पहिलो पटक च्याम्पियन्स लिगको उपाधि

‘धुम्रपानरहित दिवश’को अवसरमा एनसीएनपी र केसीसीको संयुक्त आयोजनामा प्रभातफेरी (फोटो फिचरसहित)

मधु क्षेत्रीद्वारा निःशुल्क विद्यालय पोशाक वितरण
